धरानमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता, पछ्याउँदै स्वतन्त्र उम्मेदवार

सुनसरीको धरान उपमहानगरपालिकाको जारी मतगणनामा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै गएका छन् ।

अहिलेसम्म एक हजार मत गन्दा मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईले ३६९ मत प्राप्त गरेका छन् ।

उनलाई स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङले २७५ मतसहित पछ्याइरहेका छन् । यस्तै एमालेबाट मेयरको उम्मेदवार मञ्जु भण्डारीले २०३ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ३९३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार पदमप्रसाद लिम्बूले २२७ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार