भरतपुर महानगरमा रेनुले लिइन् अग्रता

भरतपुर महानगरको मेयरमा गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।

महानगरको ३५० मत गन्दा दाहालले १३३ मत पाएकी छन् भने यसअघि अग्रता लिइरहेका एमालेका विजय सुवेदी ६ मतले पछि परेर १२७ मत ल्याएका छन् । सुवेदी भन्दा दाहाल ६ मतले अघि छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत पाएका छन् ।

उपमेयरमा गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले १६२ र राप्रपाकी हिमला गुरुङले ९१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार