देउवाकै वडामा कांग्रेस पराजित, कांग्रेस बीपीका भण्डारी निर्वाचित

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ ।

कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीको तर्फबाट बनेका उम्मेदवारले जित निकालेका हुन् । डडेलधुराका कांग्रेसका पूर्व सभापति कर्णबहादुुर मल्ल समूहले कांग्रेस बीपीबाट जिल्लाभर उम्मेदवार बनाएको छ ।

डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह) का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् । कांग्रेस बीपीले एमालेसँग तालमेल गरेको थियो ।

भण्डारीले ६७३ मत ल्याए भने कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवाले ५४४ मत ल्याएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार