रुपन्देहीको शुद्धोधन १ बाट जसपाले खाता खोल्यो

रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा जनता समाजवादी नेपाल (जसपा) नेपालका उदयराज गडेरिया (बाबुराम पाल) एक मत अन्तरले विजयी भएका छन् ।

गडेरियाले ९९२ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर यादवले ९९१ पद पाएका छन् । एमालेका उम्मेदवार कृष्णबहादुर गौतम क्षेत्रीले २१२ मत प्राप्त गरेका छन् । जसपाले जिल्लामा पहिलो वडा जितेर खाता खोलेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार