भक्तपुरमा १ हजार ८६० मतसहित प्रजापतिको अग्रता, विपक्षीले सय मत कटाउन सकेनन्

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले फराकिलो अग्रता हासिल गरेका छन् । जारी मतगणनामा नेमकिपाबाट मेयरका उम्मेदवार सुनिल प्रजापतिले १ हजार ८ सय ६० मत प्राप्त गरेका छन् । तीन वटा वडाको मतगणना हुँदा उनलाई पछ्याउँदै एमाले उम्मेदवार दोस्रो स्थानमा छन्। एमाले उम्मेदवारले ९४ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवारलाई ८२ र चौथो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवारलाई ५७ मत प्राप्त भएको छ।

भक्तपुर नगरपालिकामा नेमकिपाको गढका रुपमा मानिन्छ । नेमकिपाबाट मेयरका उम्मेदवार सुनिल प्रजापतिले यसअघि पनि मेयरको रुपमा ५ वर्ष काम गरिसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार