काठमाडौंमा २ सय ८७ मतसहित बालेन शाहको अग्रता

काठमाडौं महानगरपालिकाको मतगणना भइरहेको छ । शुक्रवार भएको स्थानीय तह निर्वाचनअन्तर्गत भएको काठमाडौं महानगरको मतगणना भइरहेको छ । राष्ट्रियसभा गृहमाा भइरहेको मतगणनाअनुसार अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

शाहले २ सय ८७ मत प्राप्त गरे । उनलाई पछ्याइ रहेका नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १ सय ९२ मत प्राप्त गरेका छन् ।  यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १ सय ५७ मत प्राप्त गरेका छन्। तारजालीको घेराभित्र सीसी क्यामेराको निगरानीमा मतगणना भइरहेको छ । उम्मेदवारका प्रतिनिधिलाई देखाउँदा गणकहरुले मत गनिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार