बागलुङको ढोरपाटनमा झडप हुँदा दुई जना घाइते, मतगणना सुरु हुन सकेन

बागलुङको ढोरपाटन नगरपालिकामा दुई पक्षबिच झडप हुँदा दुई जना घाइते भएका छन् भने मतगणना प्रभावित भएको छ ।

झडपमा वडा नम्बर ९ का २६ वर्षीय भिमबहादुर विक र वडा नम्बर १ का ४० वर्षीय खिमबहाखुर विक घाइते भएका छन् । घाइतेमध्ये भिमबहादुरको अवस्था गम्भीर छ । उनलाई हेलीकप्टर मार्फट फोखराको मणिपाल अस्पतालमा रिफर गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजेशकुमार शर्मा अधिकारीले जानकारी दिए ।

उनका अनुसार शुक्रबार राति १२ बजे दुई गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबिच गणनास्थलमा प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा झडप भएको थियो । झडपका कारण शनिबार दिउँसोसम्म पनि मतगणना सुरु हुन सकेको छैन ।

शुक्रबार ढोरपाटनको सबै मतदानस्थलमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार