काठमाडौंमा बालेन शाहको अग्रता कायमै, केशव स्थापितले पछ्याउँदै

काठमाडौं महानगरपालिकाको मतगणना भइरहेको छ । बिहीबार भएको स्थानीय तह निर्वाचनअन्तर्गत भएको काठमाडौं महानगरको मतगणना भइरहेको छ । राष्ट्रियसभा गृहमाा भइरहेको मतगणनाअनुसार अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

बालेनले ११९ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ९७ मत लिएर बालेनलाई पछ्याइरहेका छन्  भने ८७ मतका साथ कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा देखिएकी छिन् ।

तारजालीको घेराभित्र सीसी क्यामेराको निगरानीमा मतगणना भइरहेको छ । उम्मेदवारका प्रतिनिधिलाई देखाउँदा गणकहरुले मत गनिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार