मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका गुरुङ निर्वाचित

मनाङको नासों गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ८ सय २० मत पाए भने  उनका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेका मनबहादुर गुरुङले ६ सय ४८ मत ल्याए ।

गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ९ सय १३ मत ल्याए भने एमाले समर्थनका स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४ सय ९६ मत ल्याएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार