भरतपुर महानगरपालिकाको मतगणना सुरू

भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । बिहान ११ बजेपछि महानगरको वडा नम्बर १ ख बाट मतगणना सुरु भएको हो ।

भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् भने एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् ।

नेपाली कांग्रेसले भने यहाँ मेयरको रुपमा माओवादी केन्द्रलाई समर्थन गरेको छ । यद्यपि कांग्रेसबाट असन्तुष्ट बनेका जगन्नाथ पौडेलले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एक लाख ८५ हजार मतदाता रहेको भरतपुर महानगरमा शुक्रबार भएको मतदानमा १ लाख २७ हजारले मत दान गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार