बागलुङका तीन पालिकामा गठबन्धनको अग्रता

बागलुङका तीन पालिकामा मतगणना जारी छ । तीनवटै पालिकामा गठबन्धनका उमेदवारले अग्रता लिएका छन् ।

गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लिएका छन् । एमालेका पूर्ण काउचाले ३ सय ५० मत ल्याएका छन् । यस्तै स्वतन्त्र उमेदवार मञ्जु शर्माको १ सय ५९ मत छ ।

उपप्रमुखमा माओवादीका फमलाल निउरेले ४ सय ९४ मतले अग्रता लिएका छन् । एमालेका रुपा विकले ३ सय ६५ र स्वतन्त्र उमेदवार तिलक उप्रेतीले ५५ मत पाएका छन् ।

यस्तै ताराखोला गाउँपालिकामा अध्यक्ष पदमा माओवादीका धनबहादुर विकले २ सय ९४ मतले अग्रता लिएका छन् । एमालेका ऋषिरम रोकाले ५२ मत प्राप्त गर्दा स्वतन्त्र उमेदवार प्रकाश घर्तीले ९४ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसका भिमबहादुर रोका २ सय ९६ मतले अग्रता लिएका छन् । एमालेका थममाया घर्तीले १ सय २ मत पाएका छन् ।

निसीखोलामा पनि गठबन्धनले अग्रता लिएको छ । अध्यक्ष पदमा कांग्रेसका सूर्यबहादुर घर्तीले १ सय ४७ मतले अग्रता लिएका हुन् । एमालेका भूमिराज घर्तीमगरले १ सय १३ मत पाएका छन् । उपाध्यक्षमा माओवादीका प्रेमबहादुर घर्तीले १ सय ५ र एमालेका भोटु चन्दले ७४ मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार