जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

जनकपुरधाम उपमहानगरपालिका  वडा नम्बर १ को प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम गरेका छन् । ७०० मतगणना हुँदा साहले २३२ मत प्राप्त गरेका छन् ।

साहलाई नेकपा एमालेका शिवशंकर साह हिराले पछ्याइरहेका छन् । हिराले ९५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार बलराम महतोले ५३ र लोसपाका मनोज कुमार चौधरीले ४१ मत प्राप्त गरेका छन् ।

मेयरमा अग्रता लिएका स्वतन्त्र उम्मेदवार साह कांग्रेसको जनकपुर उपमहानगर समितिका सभापति थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार