ललितपुरको गोदावरी नगरपालिकामा गठबन्धन अगाडि

 ललितपुरको गोदावरी नगरपालिकामा माओवादी-कांग्रेसको गठबन्धन अघि देखिएको छ ।

गोदावरी नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार गजेन्द्र महर्जनले ६ सय २५ मत ल्याएका छन् भने उपमेयरकी उम्मेदवार मुनाअधिकारीले ६ सय २६ मत प्राप्त गरेकी  छन् ।

एमालेका उम्मेदवार गम्भीर  रानाले ४ सय ५३ मत पाएका छन् भने उपमेयरकी उम्मेदवार रमि प्रधानांगले ४ सय ५२ मत पाएकी छन् । एमालेका वडाध्यक्ष उम्मेदवारले भने ४ सय ५३ मत पाएका छन् । गोदावरी नगरको १ नम्बर वडा गोदामचौरबाट मतगणना सुरु भएको अधिकृत रिजालले बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार