दाङको राप्ती गाउँपालिकामा माओवादी केन्द्रकाे अग्रता

दाङ । दाङको राप्ती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्टले सुरुवाती अग्रता लिएका छन् । ७ सय १४ मत गन्दा ३८५ मत ल्याएर विष्टले अग्रता लिएका हुन। यो वडानम्बर ९ को मत परिणाम हो।

नेपाली कांग्रेसका उम्मेदवार जगदम्बाकुमारी चौधरीले १९८ र नेकपा एमालेका जगतप्रसाद पोखरेलले ७६ मत प्राप्त गरेका छन् । यो पालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको छ। वडा नम्बर ९ को अध्यक्षमा यसअघि नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर बिजयी भइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार