अध्यक्षका उम्मेदारमाथि आक्रमणपछि धुर्कोटमा तनाव, अझै शुरु हुन सकेन मतगणना

गुल्मीको धुर्कोट गाउँपालिकामा अझै मतगणना शुरु हुन सकेको छैन । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले गुल्मीको धुर्कोट गाउँपालिका – ४ जैसीथोकका अध्यक्षका उम्मेदवार गोपाल थापामाथि आक्रमण गरेपछि अहिलेसम्म मतगणना सुरु हुन नसकेको हो । शुक्रबार साँझ गाउँपालिकाको केन्द्र बर्बोटमा मटपेटिका संकलन गरी गफ गरेर बसिरहेको अवस्थामा थापामाथि आक्रमण भएको हो ।

रक्सिको बोतल , हेल्मेट , ढुंगा र फलामका रडले आक्रमण गर्दा वडानम्बर ४ का वडाअध्यक्षका प्रत्यासी गोपाल थापालाई टाउकोमा गम्भीर चोट लागेको स्थानीयहरुले बताएका छन् । उनीमाथिको आक्रमण रोक्न खोज्दा निरन्जन कुवँर, सन्जयलगायतका ४ जना घाइते भएका छन् ।

नेपाली कांग्रेसले माओवादीका नेता एवम् पालिका अध्यक्षका प्रत्यासी भुपाल पोख्रेलको निर्देशनमा माओवादीका कार्यकर्ताले एक्कासी आएर आक्रमण गरेको आरोप काँग्रेस कार्यकर्ताहरुको आरोप छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार