बाबुराम भट्टराईको गृहनगरमा जसपालाई अग्रता

गोरखाको पालुङटारमा जनता समाजवादी पार्टीका मेयर उम्मेदवारले अग्रता लिएका छन् । यहाँ जसपा र नेकपा एमालेले चुनावी तालमेल गरेका थिए। जसपाका मेयर उम्मेदवारले अहिलेसम्म २५५ मत ल्याएका छन्। यहाँ नेपाली काँग्रेसका मेयर उम्मेदवारले १९१ र नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवारले १६४ मत ल्याएका छन्।

उपमेयरमा काँग्रेसका उम्मेदवारले १८८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले १६९ तथा नेकपा एमालेको उम्मेदवारले ६२ मत ल्याएका छन्। पालुङटार जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृहनगर हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार