काठमाडौंका तीनवटा नगरपालिकामा मतगणना जारी, एमालेको अग्रता कायमै

काठमाडौंका हालसम्म मतगणना शुरु भएका तीनवटै नगरपालिकामा एमालेले अग्रता लिएको छ । शंखरापुर,गोकर्णेश्वर र बुढानिलकण्ठमा एमालेका मेयर उपमेयरका उम्मेदवार अगाडि छन् ।

गोकर्णेश्वरमा एमालेका उम्मेदवार उद्धब विष्टले ५५० मतसहित अग्रता लिँदा कांग्रेसका विनोद रिजालले ५०० मत पाएका छन् ।त्यस्तै उपमेयरमा एमालेकी सान्नानी लामाले ५६२ मतका साथ अग्रता लिँदा कांग्रेसकी उम्मेदवारले ४५१ मत पाएकी छन् ।

त्यस्तै शंखरापुरमा एमालेका मेयर उम्मेदवारले १३५ मतले अग्रता लिँदा गठबन्धनका उम्मेदवारले ९० मत पाएका छन् ।त्यस्तै बुढानिलकण्ठ नगरपालिकामा पनि एमालेको मेयर उम्मेदवार मिठाराम अधिकारीले ७७८ मत सहित अग्रता लिएका छन् भने कांग्रेसका विनोद चालिसेले ४२८ मत पाएका छन् । उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा छिन् भने कांग्रेसकी रमा वाग्लेको ४५३ मत छ ।

काठमाडौंमा एमाले पहिलेको भन्दा झन् बलियो, पार्टी फुटको असर न्यून

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार