जुम्लाको गुठिचौरमा जेठ १ गते मतदान हुने

जुम्ला । गुठिचौर गाउँपालिका–३ गज्यांकोटको शंकर माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा जेठ १ गते पुन मतदान हुने भएको छ ।
मतदानस्थलमा ढुंगामुढा भएपछि सर्वदलीय वैठक बसेर निर्वाचन स्थगित गरिएको थियो । १००७ मतदात रहेको यो केन्द्रमा ३२० खसेपछि झडप भएको थियो ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

गुठिचौर गाउँपालिका निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार मतदान केन्द्रमा ढुंगामुडा, हुलदंगासहित मतपत्र च्यातिएपछि मतदान अर्को सूचना नहुँदासम्मका लागि सो केन्द्रमा स्थगित गरिएको थियो । स्थगित भएको केन्द्रबाहेक जुम्लामा ७६.८३ प्रतिशत मत खसेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार