प्रारम्भिक नतिजा : गठबन्धन र एमालेबीच तीब्र प्रतिस्पर्धा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाका प्रारम्भिक नतिजाअनुसार नेकपा एमाले र पाँच दलीय गठबन्धनबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म मतगणना शुरु भएको एकमात्र उपमहानगरपालिका बुटवलमा गठबन्धनले अग्रता लिएको छ । महानगरपालिका र अन्य उपमहानगरपालिकामा गणना शुरु भएकै छैन ।

देशभर मतगणना भइरहेका स्थानीय तहको प्रारम्भिक रुझनामा गठबन्धन र एमालेका उम्मेदवारहरुले उत्तिकै संख्यामा अग्रता लिइरहेका छन् । केही सय मतगणनाको आधारमा आँकलन गर्न सकिने अवस्था छैन ।

धुलिखेल र जनकपुर नगरपालिकामा कांग्रेसका बागी उम्मेदवारले अग्रता लिइरहदा बनेपा,सुर्यबिनायक,दमक,उर्लाबारी लगायतका नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

गठबन्धनको बलियो मानिएको धादिङको गल्छी गाउँपालिकामा एमालेले अग्रता लिइरहेको छ भने प्रधानमन्त्री शेरवहादुर देउवाको गृहजल्ला अमरगढीमा कांग्रेसले अग्रता लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार