काभ्रेको धुलिखेलमा स्वतन्त्र उम्मेदवारलाई अग्रता

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता लिएका छन् ।वडा नम्बर १ को मतगणनाको प्रारम्भिक नतिजा अनुसार बस्नेतले २८३ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जुले २१३ मत ल्याएका छन् ।उपमेयरमा नेपाली कांग्रेसका निराजन जंगमले २८२ र नेकपा एमालेकी लालतारा अधिकारीले २२७ मत पाएकी छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार