सिद्धार्थनगरमा गठबन्धनलाई अग्रता, एमाले भन्दा राप्रपा अगाडी

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले सुरुवाती अग्रता लिएको छ ।

नगरपालिकाको वडा नं. एकको ७ सय ९२ मत गन्दा कांग्रेसका इस्तियाक अहमद खानले ३९१, राप्रपाका सागरप्रताप राणाले १६५ र एमालेका डा. रामप्रसाद बस्यालले ६२ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी कमला थापाले १२७, जनता समाजवादी पार्टीकी आस्मा खातुनले १४४ र राप्रपाकी विनिता गुप्ताले १०७ मत ल्याएकी छन् ।

वडा अध्यक्षमा नेपाली कांग्रेसले ४१६, जसपाले १६५ र एमालेले ४८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार