देउवाको गृह पालिकामा काँग्रेसको अग्रता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका डडेलधुराको गन्यपधुरामा कांग्रेसको अग्रता कायमै छ । कांग्रेसलाई कांग्रेस (बीपी)ले पछ्याइरहेको छ ।

अहिलेसम्म कांग्रेसका उमेदवार इद्रबहादुर कार्कीले पाँच सय मत प्राप्त गरेका छन् भने कांग्रेस बीपीका अध्यक्षका उमेदवार सुरेन्द्रबहादुर मालीले २७६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४५२ मत प्राप्त गरेकी छन् भने एमालेका इन्द्रबहादुर महराले २७५ मत प्राप्त गरेका छन् । कांग्रेस बीपी र एमालेबीच त्यहाँ गठबन्धन रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार