मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् । यस्तै उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका छन् । विष्टले ६८९ मत पाएका छन्। प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका देव बहादुर गुरूङले १८५ मत पाएका छन् ।

साथै उपाध्यक्षमा विजयी भएकी एमालेकी गुरुङले ६४१ मत पाइन् । नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाएर पराजित भएकी छिन् । २०७४ सालको चुनावमा विष्ट स्वतन्त्र उम्मेद्वार भएरै चुनाव जितेका थिए । पछि नेकपा एमाले प्रवेश गरेका हुन्।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका–१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नम्बर ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा पनी एमालेकै झियानछुसाङ गुरुङ निर्विरोध भएका थिए ।

वडा ३ र ५ को वडाध्यक्षमा निर्वाचन भएको थियो । यी वडाको मतपरिणाम प्राप्त भएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार