बुढानिलकण्ठमा एमालेको सुरूआती अग्रता, वडा नम्बर १ मा प्यानलै विजयी

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ ।

एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७ सय ७८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत पाएको छन् ।

उपमेयरमा पनि नेकपा एमालेले नै अग्रता लिएको छ । एमालेका तर्फबाट अनिता लामाले ८ सय १२ मतसहित अग्रता बनाएकी छन् भने उनलाई कांग्रेसकी रमिला वाग्लेले ४ सय ५३ मतसहित पछ्याइरहेकी छन् ।

यसैबीच वडा नं १ को मत गणना सकिएको छ । वडाध्यक्षमा एमालेका सुरेन्द्र लामासहितको प्यानलनै विजयी भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार