काठमाडौँ महानगरको मतगणना शनिबार बिहान ८ बजेदेखि हुने

काठमाडौँ महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ ।

काठमाडौँस्थित राष्ट्रिय सभागृहमा शुक्रबार राति बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

यसपटकको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् । तीन लाख २४२ मतदाता रहेको काठमाडौंमा करिब ५२ प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार