मतदान केन्द्रबाट फर्किंदै गरेका सहायक मतदान अधिकृतको मोटरसाईकल दुर्घटनामा मृत्यु

वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा परी सहायक मतदान अधिकृतको मृत्यु भएको छ ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचन सकिएर घर फर्किदै गर्दै वीरेन्द्रनगर–८ औद्योगिक क्षेत्र नजिक कर्णाली प्रदेश ०२००१ ब ००११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा ४५ वर्षीय हृदय ढकालको मृत्यु भएको हो । उनी वीरेन्द्रनगर नगरपालिकाकाको राजस्व उपशाखामा कार्यरत छैठौं अधिकृत हुन् ।

उनी वीरेन्द्रनगर–३ हरिडिलभूमि स्कुलमा मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रुपमा खटिएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार मोटरसाईकल खाल्डोमा परेर उछिट्टिएको थियो । मोटरसाइकलबाट उछिट्टिएर ढकाल बाटो छेउमा रहेको जस्ता पातामा ठोक्किएर मृत्यु भएको घर्तीले बताए । प्रहरीका अनुसार ढकालको घटनास्थलमै मृत्यु भएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार