रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना, ३ जना घाइते

नगरपालिका वडा नं. १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।  रामेछाप नगरपालिकाका नगर प्रहरी हवल्दार विष्णुबहादुर कार्कीका अनुसार ना ७ ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर वडा नं‍‍. ३ साँघुटारको बाँकीमेरी भन्ने ठाउँमा गाडी दुर्घटना भएकाेे हाे ।

दुर्घटनामा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार