संसद् भवन अघि सिलिन्डर विस्फोट गराएको आरोपमा ६ जना पक्राउ

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन अघि सिलिन्डर विस्फोट गराएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबै पुरुष रहेका छन् । उनीहरुको बारेमा प्रहरीले सबै जानकारी दिएको छैन ।

शुक्रवार बिहान २ बजे संसद् भवन गेटअघि अपरिचित समूहले सिलिन्डरलाई आगो लगाएर विस्फोट गराएको प्रहरीको भनाई छ ।विस्फोटबाट बिके कम्प्लेक्सको सिसा फुटेको छ । प्रहरीले घटनास्थलबाट नेकपा सिवादी लेखिएको पर्चा फेला पारेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार