संखुवासभाको चैनपुरमा बम विस्फोट

काठमाडौं । संखुवासभाको चैनपुर ४ स्थित बालज्योती आदर्श स्कुल मतदान केन्द्रको नजिकै बम बिस्फोट भएको छ । घटनास्थलमा नेपाली सेनाको टोली पुगिसकेको प्रदेश–१ प्रहरी प्रमुख नविनराज राईले जानकारी दिए ।

‘विस्फोटको आवाज आएको भन्ने खबर छ। सेनाको टोली जाँदै छ’, प्रदेश(१ प्रहरी प्रवक्ता नविनराज राईले भने । विस्फोटपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार