रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटियो

रौतहट । रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिका–२ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो ।

यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक–पटक झडप भएको थियो । तर मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका लुटेका हुन् ।

पानी हालेको अवस्थामा मतपेटिका बरामद भएको प्रहरीले जनाएको छ । त्यहाँ मतदान रद्द गरिएको भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार