मर्चवारीमा वडाअध्यक्षका उम्मेदवारको घरमा विस्फोट, बुहारी गम्भीर घाइते

रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं–५ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सोमनाथ पाण्डेको घरमा विस्फोट भएको छ ।

विस्फोटपछि पाण्डेयको घरमा क्षति पुगेको प्रहरीले बताएको छ । विस्फोटमा परि पाण्डेकी बुहारी ५० वर्षीय जयमाला पाण्डेय गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि भैरहवामा लगिएको छ ।

घटनाको विस्तृत विवरण आउँदै छ । निर्वाचन सकिन लागेको समयमा बेलुका ४ बजे भएको घटनाले स्थानीयलाई त्रसित बनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार