झडपमा घाइते मेयरका उम्मेदवार जोशीलाई उपचारका लागि काठमाडौं पठाइँदै

तनहुँ । तनहुँको व्यास नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको छ ।
ब्यास नगरपालिका ८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि आक्रमण भएको थियो । उनले नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन् ।कुटपिटबाट जोशीको टाउकोमा चोट लागेको छ ।
दमौली अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं लैजान लागिएको हो । कांग्रेसका कार्यकर्ताले जोशीले मतपत्र च्यातेपछि स्थानीय बासिन्दाले नै आक्रमण गरेको बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार