उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने

काठमाडौं उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने भएको छ । ट्राफिक प्रहरी महाशाखाले साँझ ६ बजेदेखि सार्वजनिक सहित सबै खाले यातायातका साधन सञ्चालन गर्न दिनेगरी निर्णय भएको जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि शुक्रबार यातायातका साधन बन्द गरिएको थियो । निर्वाचन बिहान ७ बजेदेखि सुरु भइ साँझ ५ बजे सम्पन्न भएको छ ।

महाशाखाका सहायक प्रवक्ता डीएसपी बालनरसिंह राणाले साँझ ६ बजेदेखि यातायातको साधन चल्न दिइने बताए । उनले आज दिनभरमा नियमविपरीत सञ्चालनमा आएका सवारी साधनलाई होल्ड गरिएको र ती सबै साँझ छाडिने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार