देशभर करिब ५५ प्रतिशत मत खस्यो, साँझसम्म ७२ प्रतिशत पुग्ने आयोगको आँकलन

स्थानीय तह निर्वाचन अन्तरगत देशभर ५५ प्रतिशतको हाराहारीमा मत खसेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले साढे ४ बजेसम्म ५५ प्रतिशतको हाराहारीमा मत खसेको जानकारी दिए । छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको आयोगका प्रवक्ता पौडेलले बताए ।

उनका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । आयोगका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार