आजै साँझबाट मतगणना सुरु हुने

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ । मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षित रूपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफल लगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने आयोजना जनाएको छ ।

उनका अनुसार आज दिउँसो १ बजेसम्म ३७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।बिहान ७ बजेदेखि सुरु भएको मतदानमा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदानकार्य भइरहेको जनाइएको छ । मुलुकभर ७५३ पालिकामध्ये कपिलवस्तुको एक पालिकाबाहेक सबै पालिकाका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार