‘नेटो’ मा आबद्ध हुने तयारीमा रहेको फिनल्याण्डलाई रुसको चेतावनी

फिनल्याण्डले ‘नेटो’ मा आबद्ध भए रुसले प्रतिशोधात्मक कदम चाल्ने चेतावनी दिएको छ । रुसको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसले दुई देशबीच सम्बन्धमा गहिरो असर पर्ने र यसले उत्तरी युरोपको सुरक्षा र स्थिरतामा गम्भीर असर पर्ने बताएको हो ।

यसअघि, फिनल्याण्डका राष्ट्रपति र प्रधानमन्त्रीले नेटोको सदस्यताका लागि ढिला नगरी आवेदन दिनुपर्ने मत राखेका थिए । फिनल्याण्ड र रुसबीच १३ सय किलोमिटर लामो सीमा रहेको छ । रुससँग सम्बन्ध नबिगार्न फिनल्याण्डले हालसम्म नेटोको सदस्यता लिएको छैन । फिनल्याण्डले संसद् बैठकपछि आइतबार यसबारे औपचारिक निर्णय लिने बताइएको छ ।

त्यस्तै स्वीडेनले पनि सोही दिन नेटोको सदस्यता लिनेबारे निर्णय लिने बताएको छ । नेटोका सेक्रेटरी जनरल जेन्स स्टोल्टनबर्गले दुई देशलाई चाँडै सदस्यता दिने प्रक्रिया चाँडै सुरु हुने विश्वास व्यक्त गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार