स्थानीय निर्वाचनको पहिलो चरण शान्तिपूर्णरुपमा सम्पन्न : नियोक

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले स्थानीय निर्वाचनको पहिलो चरण शान्तिपूर्णरुपमा सम्पन्न भएको बताएको छ । शुक्रवार स्थानीय तह निर्वाचन २०७९ को प्रथम चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको जनाएको हो ।

प्रथम चरणको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग बोल्दै समितिका निवर्तमान महासचिव डा. गोपालकृष्ण शिवाकोटीले काठमाडौंको बानेश्वरमा कल सेन्टर स्थापना गरेर स्थानीय निर्वाचनको पर्यवेक्षण गरिरहेको बताए । उनले नियोकले ७७ जिल्लामा १२ सय पर्यवेक्षकहरु खटाएर निर्वाचनको सूचना संकलन गरिरहेको पनि जानकारी दिए । निवर्तमान महासचिव शिवाकोटीले आज बिहान ११ बजेसम्मको जानकारी अनुसार देशभरका विभिन्न ३६ वटा मतदान केन्द्रमा प्रचारप्रसारका सामग्रीहरु मतदान केन्द्रको वरपर पाइएको बताए ।

उनले १७ वटा मतदान केन्द्रहरु बाहिर मत किन्ने जस्ता क्रियाकलाप भएको पाइएको, ४०४ वटा मतदान केन्द्रमा कम्तिमा ७ जना मतदान अधिकृत उपस्थित रहेको पाइएको जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार