सप्तरीको डाक्नेश्वरीमा मतदानस्थल तोडफोड, कर्मचारीहरु कुटिए

आज मतदान हुने सम्भावना न्यून

सप्तरी । सप्तरीको एक मतदानस्थलमा तोडफोड गरिएको छ । साथै मतदान अधिकृत समेत कुटिएका छन् ।

डाक्नेश्वरी नगरपालिकाको–२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

उनका अनुसार कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ ।

२ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केही व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट सुरु गरेका थिए । ती व्यक्तिहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेका छन् ।

घट्नापछि मतदान स्थगित भएको छ । आज मतदान हुने सम्भावना कम रहेको निर्वाचन अधिकृत मगरले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार