मध्याह्न १२ बजेसम्म करिब ३५ प्रतिशत मत खस्याे

काठमाडौं । आज भइरहेको स्थानीय तहको निर्वाचनमा मध्याह्न १२ बजेसम्म करिब ३० प्रतिशत मत खसेको छ । आयोगका प्रवक्ता शालिकराम पौडेलकाअनुसार देशभर नै उल्लाशपूर्ण तरिकाले मत खसिरहेको छ ।

उनका अनुसार केही स्थानमा विभिन्न कारण भएका तनावका कारण मतदान केन्द्रमा मतदान रोकिएको छ । सर्वदलीय बैठक बसेर त्यस्ता मतदान केन्द्रमा फेरि मतदान सुरु गर्न प्रयत्न भइरहेको उनले बताए ।

दोलखा, सर्लाही, हुम्लाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । तर, कतै पनि अहिलेसम्म मतदान स्थगत गर्ने निर्णय नभएको पौडेलले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार