स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना, १४ जनाको मृत्यु

स्याङ्जाको वालिङमा  जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका–१४ को अर्खलाबासमा जिप दुर्घटनामा परेको हो।

ग २ च ३०२६ नम्बरको जिप दुर्घटनामा परेको र १४ जनाको निधन भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए । मतदाता बोकेर मतदान केन्द्रतिर जादैँ गरेको जिप दुर्घटनामा परेको हो ।

यस्तै दुर्घटनामा परि १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका–४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खसेको थियो ।

घाइतेलाई उपचारका लागि पोराको गण्डकी मेडिकल कलेज पठाइएको छ ।

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार