स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना

काठमाडौं । स्याङ्जाको वालिङमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ ।

सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिपमा कति जना सवार थिए र उनीहरुको अवस्थाबारे जानकारी आइनसकेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार