काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ९७२ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३ हजार १६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी ३ हजार ९७२ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा बिहीबारसम्म २४ हजार ५३३, ललितपुरमा चार हजार ९७४ र भक्तपुरमा दुई हजार ९४५ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार