ओखलढुंगाको चम्पादेवीमा झडप, ९ राउण्ड हवाई फायर

ओखलढुंगाको चम्पादेवी गाउँपालिका तनाव ग्रस्त बनेको छ । चम्पादेवी गाउँपालिका–९ स्थित जीवन ज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदाताको लाइन मिलाउने क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको

नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए ।दोहोरो झडपपछि त्यहाँ तत्काललाई मतदान कार्य स्थगित भएको र मतदान सुचारु गर्ने विषयमा सर्वदलीय बैठकका लागि पहल भइरहेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार