बिहीबार थप ९ हजार ७० जनामा कोरोना पुष्टि, ५४ जनाको मृत्यु

सक्रिय संक्रमितको संख्या ७२ हजार ५ सयबढी

नेपालमा बिहीबार अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

२० हजार ३६७ पीसीआर विधिबाट परिक्षण गर्दा ८ हजार ९७० जना र ७७५ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५४ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ३ हजार ५२९ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै थप २ हजार ७०७ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ९२ हजार ४९० जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ७२ हजार ५६१ सक्रिय संक्रमित रहेका छन् भने ३१४ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २५ लाख ७८ हजार ४१८ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार