मुख्यमन्त्री गुरुङविरुद्दको अविश्वासको प्रस्तावमाथि २७ गते मतदान

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने भएको छ ।

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले २७ गते बैठक राख्ने प्रस्ताव गरेकोमा दलहरु सहमत भएका छन् । त्यसैदिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ ।

१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची रहेकोमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको थियो । जनमोर्चाकी सचेतक पियारी थापाले बैठक रोक्न माग गर्दै निवेदन दिएपछि सभामुखले सूचना टाँसेर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार