निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ । चितवनको भरतपुरमा भएको आमसभामा मतदातालाई धम्काएको आरोपसहित नेपाली कांग्रेस वीपीले दर्ता गराएको उजुरीका आधारमा प्रचण्डलाई स्पष्टीकरण सोधिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
‘२३ गते भएको आमसभामा प्रचण्डले भरतपुरमा रेनु दाहाललाई मतदान नगरि पराजित गरेमा देश दुर्घटनामा जाने धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप छ, उहाँलाई मतदातालाई धम्काएको आरोपमा स्पष्टीकरण सोधिएको हो’, अर्यालले भने ।