दमकका मेयर उम्मेदवार थापा अस्पताल भर्ना

दमक नगरपालिकाको मेयर पदका उम्मेदवार राम थापा बिरामी परेका छन् । राप्रपा प्रदेश–१ का अध्यक्षसमेत रहेका थापा बिरामी भएर अस्पताल भर्ना भएका हुन् । उनी बुधबार साँझ बिरामी परेर दमक आम्दा अस्पताल भर्ना भएका थिए ।

तर, अस्पतालमा भिडभाड भएपछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको एक नेताले जानकारी दिए । धरानमा जाँचका क्रमम एपेन्डिसाइट भएको पुष्टि भएको छ । यद्यपि उनी आजै डिस्चार्ज हुने बताइएको छ । निर्वाचनलगत्तै एपेन्डिक्सको शल्याक्रिया हुने उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार