धादिङमा सत्तारुढ गठबन्धन माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । नीलकण्ठ नगरपालिका–६ भोर्लेमा झडप हुँदा २० जना घाइते भएको प्रहरीले जनाएको छ ।
गएराति मौन अवधिमा भोट माग्न हिँडेको निहुँमा दुई समूहबीच झडप भएको थियो । घाइते हुनेमा अधिकांश नेपाली काँग्रेसका कार्यकर्ता छन् ।गम्भीर घाइते ३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरीले बताएको छ ।