आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई हरायो

इण्डियन प्रिमिर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्स ८ विकेटले विजयी भएको छ ।

गएराति डीवाई पाट्ली स्टेडियम मुम्बईमा भएको खेलमा राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले ११ बल बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो । दिल्लीका मिचेल मार्सले ६२ बलमा ८९ रनको महत्त्वपूर्ण योगदान गरे। डेबिड वार्नर ५२ र कप्तान रिसव पन्त १३ रनमा नटआउट रहे ।

यसअघि पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो । रविचन्द्रन आश्विनले ५० रनको अर्धशतकीय पारी खेले । देवदत्त पाडिक्कलले ४८ र एसास्भी जैसवालले १९ रन बनाए ।

जितसँगै १२ खेलबाट १२ अंक जोडेको दिल्ली अंक तालिकाको पाँचौँ स्थानमा र १२ खेलबाट १४ अंकसहित राजस्थान तेस्रो स्थानमा यथावत् छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार