इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि

युभेन्ट्सलाई हराउँदै इन्टर मिलान कोपा इटालियाको उपाधि जितेको छ ।

रोमामा बुधबार राति भएको खेलमा सिरि ए प्रतिद्वन्द्वी युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ ले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।

इन्टरलाई जिताउन इभान पेरिसिसले दुई तथा निकोलो बरेल्ला र हकान चलहानोग्लुको समान एक/एक गोल गरे । युभेन्ट्सका एलेक्स सान्द्रो र डुसान भ्लाहोभिचले समान एक/एक गोल गरेका थिए ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा इभान पेरिसिस दुई गोल गर्दै इन्टरलाई च्याम्पियन बनाएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार